बझाङमा मतगणनाका लागि सर्वदलीय बैठक सुरु

आइतबार, वैशाख १६, २०८१

काठमाडौँ- बझाङमा सर्वदलीय बैठक सुरु भएको छ । उपनिर्वाचन अन्तर्गत शनिबार भएको बझाङ प्रदेश सभा सदस्य १ को मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक सुरु भएको हो ।

सर्वदलीय बैठकको सहमतिअनुसार मतगणना सुरु गर्ने तयारी छ । मतगणना बझाङ जिल्ला अदालतमा गर्ने तयारी छ । उच्च हिमाली क्षेत्रका मतपेटिका आइतबार हेलिकोप्टरमार्फत सदरमुकाम चैनपुर ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न लागिएको हो । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्