काँग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय

बिहीबार, वैशाख १३, २०८१

काठमाडौँ - जिल्ला अदालत रौतहटले काँग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ ।

बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको तहसिलदार
दुर्गाबहादुर कार्कीले जानकारी दिए । 

रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरूलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको कार्कीले बताए । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्