सहकारी पीडितहरुलाई न्याय नदिलाएसम्म राजनीतिबाट विश्राम लिन्नँ : गृहमन्त्री लामिछाने

मंगलबार, वैशाख ११, २०८१

काठमाडौं - राष्ट्रिय स्वतान्त्र पार्टीका सभापती तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्नेहरुको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्ने कानूनी तयारी भइरहेको बताएका छन् ।

इलाम २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सहकारी पीडितहरुलाई न्याय नदिलाएसम्म आफूले राजनीतिबाट विश्राम नलिने घोषणा गरे । 

 उनले प्रधानमन्त्रीलाई समेत जानकारी गराएर आफूले काम थालेको जानकारी दिएका छन् ।

गृहमन्त्री रवि लामिछानेको भनाइ यस्तो  छ...

विपक्षीहरुले सहकारी गठीबारे हल्ला गर्दै हिँड्नुभयो, हामी काम गर्दैछौं । चाँडै नै नीति ल्याएर, कानूनमा आवश्यक संसोधन गरेर सहकारी ठगेर भागेकाहरुको सम्पत्ति रोक्का गरी सबै सम्पत्ति बेचेर भए पनि सानासाना वचतकर्ताको तिर्न सुरु गरिने छ । यो कुराको जानकारी प्रधानमन्त्रीलाई गराएको छु । म यत्तिकै यहाँ आएर बोलेको होइन, प्रधानमन्त्री भनेको छु कि हामी गर्छौं ।

अहिले कानूनले अप्ठेरो परोको छ । सम्पत्ति विभिन्न मान्छेका नाममा राख्ने अनि आफ्नो नाममा छैन भनेका छन् । तीनको नाममा छ कि छैन हामी खोज्छौं । भाञ्जाका नाममा, भतिजका नाममा, सालासालीका नाममा देशमा विदेशमा कसका नाममा राखेको छ, सम्पत्ति सुद्धिकरण विभागले खोज्नेछ । हिजोसम्म चप्पल पड्काउनेको टोपी खस्ने महल कसरी भयो ?

त्यो कसको भाञ्जा हो, कसको भतिज हो, कसको सालासाली हो पत्ता लगाइन्छ । तिनको सम्पत्ति जफत गरेर दुख गरेर सहकारीमा पैसा जम्मा गर्नेहरुलाई फिर्ता गर्ने क्रमको सुरुवात नलिइकन म राजनीतिबाट विश्राम लिन्न याद गर्नुहोला । यो आरोपको भारी बोकेर रवि लामिछाने यसै हराउँदैन । यसको सक्रियता र निरन्तरताको अगुवाइ पनि रास्वपाले गर्छ ।


 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार