सुनको मूल्य घट्यो, आज तोलामा कति ?

मंगलबार, वैशाख ११, २०८१

काठमाडौँ - आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले घटेर १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्