सुदूरपश्चिम सरकारविरुद्ध परेको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

सोमबार, वैशाख १०, २०८१

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटमा प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अन्तरिम आदेश नदिएको हो ।

साथै एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णयसहित कागजातको सक्कल प्रति समेत राखेर लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएको छ । साथै रिटलाई अग्राधिकार दिएर २३ वैशाखका लागि पेशी तोकिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्