दुई महिनामै हेडक्वार्टर तानिए सिन्धुलीका प्रहरी प्रमुख शर्मा

सोमबार, वैशाख १०, २०८१

 काठमाडौं- जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद शर्मा प्रहरी हेडक्वार्टर तानिएका छन् ।

प्रहरी प्रधान कार्यालयले एसपी शर्मालाई सोमबार हेडक्वार्टर तान्ने निर्णय गरेको हो । जिम्मेवारी खासेर हेडक्वार्टर तान्नुको कारणबारे भने प्रहरी प्रधान कार्यालयले केही बताएको छैन ।

‘जिम्मेवारीमुक्त गरेर हेडक्वार्टर तान्ने निर्णय भएको हो । तर किन के कारण भने अहिले केही भन्न मिल्दैन’ हेडक्वाटर स्रोतले भन्यो ।

उनले २ फागुनमा मात्रै जिल्ला प्रहरी कार्यालय सिन्धुलीको कमाण्ड सम्हालेका थिए ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्