पहिलेको जस्तो हौसिएर कम्युनिष्ट एकता हुँदैन : प्रचण्ड

सोमबार, वैशाख १०, २०८१

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु पहिलाको जस्तो हौसिएर कम्युनिष्ट एकताको पक्षमा नरहेको स्पष्ट पारेका छन् । आज (सोमबार) नेकपा (एमाले) ले नेकपाको ७५ वर्षको अवसरमा आयोजना गरेको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरु बीच सहकार्यको वातावरण बनिरहेको बताए । तर, अहिले नै कम्युनिष्टहरु बीच एकता सम्भव नरहेको उनले बताए ।

‘हामीले जतिबेला एकता र सहमतिको बाटो हिँडेका थियौं । देशभरी उल्लास, उत्साह, उमंग र उत्सवको वातावरण बनेको थियो । हामी दुई तिहाइ बहुमतको नजिकै पुगेका थियौं । जब हामी विभाजित भयौं, सबैलाई तीतो अनुभव भयो । हामी सबैलाई त्यो कुराको राम्रो हेक्का छ । हामी अहिले पहिलेको जस्तो हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौं ।’ उनले भने, ‘हामीले त्यो बेला अलि बढी हौसिएछौं कि, समयभन्दा अलि अघि नै दौडिएछौं कि भन्ने पनि हेक्का राख्न पर्ने ठान्छु मैले । अहिले हामीले सहकार्य सूरु गरेका छौं । राम्रो सहकार्य गरौं ।’

 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्