मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् एजेण्डा

सोमबार, वैशाख १०, २०८१

काठमाडौं - मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान १० बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ। आजको बैठक नियमित हो।

आजको बैठक मंगलबारबाट हुन लागेको कतारका शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणका विषयमा केन्द्रित हुने बताइएको छ । 

बैठकमा संघीय संसद्को बजेट अधिवेशन आह्वानका विषयमा पनि छलफल हुने भएको छ । 
 
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्