पारिश्रमिक नबढाए शिक्षकहरूले एसईईको उत्तरपुस्तिका नजाच्‍ने

सोमबार, वैशाख १०, २०८१

काठमाडौं - शिक्षक संगठनहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्‍ने बताएका छन् । उनीहरुले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढएसम्‍म उत्तरपुस्तिका नजाच्‍ने विज्ञप्तमार्पत जनाएका छन् ।


नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलश बहादुर प्रधान र प्रगतिशिल शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् ।


परीक्षा नियन्त्रक (कक्षा १०) लाई सम्बोधन गरिएको विज्ञप्तिमा भनिएको छ ‘पटकपटक ध्यानाकर्षण गर्दै आएकोमा हालसम्म न्यायोचित सम्बोधन नभएकाले समयानुकूल पारिश्रमिक वृद्धि नहुन्जेल परीक्षण कार्यमा सहभागी नहुने व्यहोरा अवगत गराउँदै पुनः ध्यानाकर्षण गराउँछौं ।’ यसबाट पर्न जाने असर प्रति संघीय सरकार नै जिम्मेवार हुनुपर्ने उनीहरुले बताएका छन् ।


 

 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्