यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सोमबार, वैशाख १०, २०८१

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३.२६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.०० रुपैयाँ रहेको छ भने बिक्री दर १४२.६३ रुपैयाँ रहेको छ ।

यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १६५.६२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.९१ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८६ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९८ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०६:४२
प्रतिक्रिया दिनुहोस्