२३ करोड ७५ लाख बिगो दाबी गर्दै सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर

आइतबार, वैशाख ९, २०८१

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पौडेलबाट २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ ५७ पैसा बिगो मागदाबी गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।

सूचना अधिकारी रेग्मीका अनुसार आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको छ । 

आइतबार नै अख्तियारले उनीसँगै पक्राउ परेका विकल पौडेलविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्