विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आइतबार, वैशाख ९, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अमेरिकी पीआर लिएर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पद लिएको आरोपमा अख्तियारले पौडेलविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका उनलाई विशेष अदालतको अनुमतिमा म्याद थप गरेर अख्तियारले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्