रास्वपालाई सिध्याउने षड्यन्त्र भइरहेको रवि लामिछानेको दाबी

शनिबार, वैशाख ८, २०८१

काठमाडौँ - गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आफ्नो पार्टी रास्वपालाई सिध्याउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

आज  इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले वर्षौदेखि सत्तामा बसिरहेका मान्छेले नयाँ मान्छे आएको चित्त नबुझाएकाले रास्वपालाई सिध्याउने षड्यन्त्र भइरहेको दाबी गरे ।

उनले रास्वपालाई सिध्याउने षड्यन्त्र भए पनि जनताले उठाएको शक्तिलाई सक्याउने ताकत कसैसँग नरहेको बताए ।

‘देशलाई सुशासनको बाटोतर्फ बढाउन रास्वपालाई थप शक्ति आवश्यक छ’, गृहमन्त्रीसमेत रहेका लामिछानेले भने, ‘चुनावका बेला गल्ती गर्ने र पछि पछुताउनुपर्ने अवस्था आउन नदिन मतदाताले विवेकी निर्णय गर्नुपर्छ ।’

उनले मौन अवधिमा हुने आचारसंहिता उल्लंघनका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशनसमेत दिए ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्