हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै

शनिबार, वैशाख ८, २०८१

काठमाडौँ- नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानका लागि हङकङसँगको खेलमा टस जितेको छ ।

अल अमरेत क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । पहिलो सेमिफाइनल खेल युएईबाट नेपालले टोलीमा परिवर्तन गरेको छैन ।

नेपाल युएईसँग ६ विकेट तथा हङकङलाई ओमानसँग ५ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएका थिए । फाइनल पुगेका ओमान र युएई स्वतः इमर्जिङ टिम्स एसिया कपमा पुगेका छन् ।

अब तेस्रो स्थानको लागि हुने नेपाल र हङकङबीचको विजेता टोली इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्