चोभारमा आगो निभाउन गएको काठमाडौं महानगरको दमकल दुर्घटना, ७ जना घाइते

शनिबार, वैशाख ८, २०८१

काठमाडौं- चोभारस्थित जंगलमा लागेको आगो निभाउन गएको काठमाडौं महानगरको दमकल पल्टिँदा ७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार आगो निभाउन चोभार उक्लिने क्रममा दमकल पल्टिएको बताइएको छ । घटनामा परेका तीन जना नगर प्रहरी र चार जना सशस्त्र प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।

438051732_394427826791598_2085068503116323232_n-1713606726.jpg

घाइतेहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।  घाइतेहरु मध्ये एकजनाको अवस्था गम्भिर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्