हेटौंडाको कार्टुन फ्याक्ट्रीमा आगलागी

शनिबार, वैशाख ८, २०८१

हेटौंडा - हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको एक प्याकेजिङ उद्योगमा शुक्रबार राति आगलागी भएको छ ।  आगलागीबाट करिब एक करोड २५ लाख रुपैयाँबराबरको सामान जलेको छ ।

हेटौंडा उपमहानगरपालिका-८, औद्योगिक क्षेत्रभित्र रहेको हेल्पबक्स प्याकेजिङ प्रालि कार्टुन फ्याक्ट्रीमा शुक्रबार राति ११ वजे आगलागी भएको थियो । नेपाल प्रहरी,सशस्त्र प्रहरी, नगर प्रहरी र उपमहानगरपालिकाको दमकलको सहयोगमा शनिबार बिहान ५ बजेतिर मात्र आगो निभाउन सकिएको थियो ।

आगलागीवाट उद्योगभित्र रहेको उत्पादित कार्टुन र कच्चा पदार्थ सबै जलेर नष्ट भएको उद्योग सञ्चालक सञ्जीव मानन्धरले बताए । उनले भने, ‘करिब १ करोड २५ लाख मूल्यबराबरको सामान जलेर नष्ट भयो । के कसरी आगलागी भएको अनुसन्धान गर्दै छौँ ।’

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०९:१९
प्रतिक्रिया दिनुहोस्