यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शनिबार, वैशाख ८, २०८१

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज(शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७३ पैसा र बिक्री दर १६६ रुपैयाँ ४७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०६:२९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार