नेपाललाई पहिलो सफलता, युएईका कप्तान आउट

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौँ- नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको हो ।

नेपालका बलर सोमपाल कामीले युएईका कप्तान मुहमद वासिमलाई आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल युएईले १.२ ओभरमा एक विकेट गुमाएर १२ रन बनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्