सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं - सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा ५२ जना घाइते भएका छन् ।

दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिँदै छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्