प्रदेशको उथुलपुथुलबीच रवि भन्छन् - केन्द्रीय सत्ता ढल्दैन

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेशको कारणले सत्ता नढल्ने बताएका छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमा छलफल पछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । उनले सुदूरपश्चिममा भएको विषयले संघीय सरकारमा प्रभाव नपर्ने बताए ।

उनले अहिलेको भेटघाट सामान्य भएको बताए । सबै राजनीतिक विषयका सामान्य समीक्षाका लागि बसिएको उनको भनाइ छ । उनले सुदूपश्चिम सरकारका विषयमा भने, ‘केन्द्रमा भएका कारणले प्रदेश पनि भएका त हामीले देखिरहेका छौं । तर प्रदेशका कारणले केन्द्र केही हुने भन्ने छैन ।’

वैकल्पिक सरकारको प्रयास भएको विषयमा सञ्चारकर्मीको प्रश्नमा रास्वपाका सभापतिसमेत रहेका रविले भने, ‘त्यो विषयमा मलाई थाहा छैन ।
यसअघि नेकपा एकीकृत अध्यक्ष माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासित सहयोग मागेका थिए। एमालेले सहयोग नगरे कांग्रेसले साथ दिने सहमति भएको थियो। त्यही दबाबमा एमाले समर्थनमा आउन बाध्य भयो, जबकी सोडारी एमाले हुँदा नैतिक चरित्रमा कारबाहीमा परेका थिए।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्