जनकपुरमा जलेकी युवतीको शव भेटियो, जलिरहेको अवस्थामा फेला परेकी शिशुको उपचारका क्रममा मृत्यु

बिहीबार, वैशाख ६, २०८१

जनकपुर- जनकपुरमा जल्दै गरेको अवस्थामा एक युवतीको शव फेला परेको छ।

बुधबार राति करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वर महादेव मन्दिरबाट नजिकै रहेको एक खेतमा महिला जलिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

युवतीको शव नजिकै करिब ६ महिनाकी बालिका पनि जलेर घाइते अवस्थामा फेला परेकी थिइन् । उनको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत भेटिएकी युवती महोत्तरीको मनरासिसा नगरपालिका-२ कि २३ वर्षीया मप्रियंका महतोको रहेको प्रहरीले जनाएको छ ।नाबालिका उनैका बच्चा हुन्/होइनन् भन्नेबारे प्रहरीले अनुसन्‍धान गरिरहेको बताएको छ।

युवती र बालिकाको दुबै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्