रवि लामिछानेका पूर्वनेता खरेल भन्छन्- गृहमन्त्रीलाई छानबिन गर

बुधबार, वैशाख ५, २०८१

काठमाडौं- नेपाल प्रहरीका पूर्वडीआईजी एवम् रास्वपाका पूर्व नेता रमेश खरेलले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवादी नबनाएकोमा आक्रोश व्यक्त गरेका छन् । उनले रुपन्देहीको सुप्रिम सहकारीबाट लामिछानेले पैसा झिकेको पुष्टि हुँदाहुँदै पनि उनलाई प्रतिवादी नबनाइनुलाई कानूनी राज्यको उपहास भनेका छन् ।

सामाजिक सञ्जाल एक्समा खरेलले लेखेका छन्, ‘गृहमन्त्री रवि लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुँदाहुँदै उनलाई प्रतिवादी नबनाइनु कानूनी राज्यको उपहास हो । सरकारले संवैधानिक छानबिन समिति बनाइ भुइँमान्छेलाई न्याय दिओस् र त्यतिन्जेल लामिछानेले पनि सत्ताबाहिर रहेर छानबिनलाई निष्पक्ष रूपमा कार्य गर्न देउन् ।’

गएको प्रतिनिधिसभाको उपनिर्वाचनमा लामिछानेकै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टिकट लिएर बाराबाट चुनाव लडेका खरेल पछिल्लो समय उनैविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आएका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्