काठमाडौंका सार्वजनिक स्थानमा निर्माण कार्यअघि महानगरको स्वीकृति लिनुपर्ने

सोमबार, वैशाख ३, २०८१

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा निर्माण कार्य गर्नुपरेमा महानगरको अनुमति लिनुपर्ने भएको छ । महानगरले एक सूचना प्रकाशित गर्दै महानगर क्षेत्रभित्रका सडक, फुटपाथ तथा सार्वजनिक स्थानहरूमा जुनसुकै प्रकृतिको निर्माण कार्य गर्दा अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने बताएको हो । 

यस्तै निर्माण कार्य गर्दा पैदल यात्रु तथा स्थानीयवासीको आवागमनमा बाधा नपर्ने र प्रदूषण नियन्त्रण हुने गरी निर्माण क्षेत्रलाई घेरी सुरक्षित रूपमा मात्र गर्नुपर्ने महानगरले उल्लेख गरेको छ । यस्तै महानगरले निर्माणाधीन अवस्थामा रहेका निर्माण कार्यका सम्बन्धमा ३ दिनभित्र अनिवार्य रूपमा सूचना अनुसार गर्नरगराउन निर्देशन दिएको छ ।  

सूचनाको उल्लङ्घन गरेमा कानुन अनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।  

433180466_967084824467913_8729655043032849846_n-(1)-1713183029.jpg

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्