वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

आइतबार, वैशाख २, २०८१

काठमाडौँ - सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै यही वैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने जनाएको हो ।

सो कार्यक्रममा खोप लगाउन छुटेको बालबालिकालाई खोप पनि लगाउन मन्त्रालयले अनुरोध गरेको छ । नियमित खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ ।

खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने हुँदा सबै बालबालिकालाई नियमित खोप लगाउनसमेत मन्त्रालयले उल्लेख गरेको छ ।


 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्