सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै दुई सांसदले गरे दाबी पेश

आइतबार, वैशाख २, २०८१

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नउपा)कै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । योसँगै प्रदेश प्रमुखले तत्काल निर्णय नलिने भएका छन् ।

उनले कानुनी परामर्श गर्ने र आवश्यक परे सांसदहरुलाई भौतिक रुपमा उपस्थित गराएर सनाखत गर्ने बताएका छन् ।प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएका थिए ।

नउपाका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस (१८) र एकीकृत समाजवादी (४) को समर्थनमा दावी पेश गरेका छन् ।

नाउपाकै कैलाश चौधरीले एमाले (१०), माओवादी केन्द्र (सभामुखसहित ११) र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

सुदूरपश्चिममा नाउपाका ६ सांसद छन् । रेमश चौधरी पक्षका चार सांसदले लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थिए । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भने कैलाशलाई अघि सारेका हुन् । उनका पक्षमा २ सांसद छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्