मोटरसाइकल गोरुसँग ठोक्किँदा प्रहरी हवल्दारको मृत्यु

आइतबार, वैशाख २, २०८१

काठमाडौं - रुपन्देहीको भैरहवामा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–६ घर भएका प्रहरी सहायक हवल्दार ३६ वर्षीय सुरेश बहादुर चन्दको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतको इलाका प्रहरी कार्यालयमा कार्यरत चन्द शुक्रबार राति गस्तीमा गएका बेला उनले चलाएको मोटरसाइकल गोरुसँग ठोक्किएर दुर्घटना भएको थियो ।


उनीसँगै मोटरसाइकल पछाडी बसेर गस्तीमा गएका अर्का प्रहरी जवान ३० वर्षीय टोपबहादुर बस्नेत घाइते भएका छन् । उनको अहिले उपचार भइरहेको रुपन्देही प्रहरीकी डीएसपी लक्ष्मी खनालले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्