प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुचि

आइतबार, वैशाख २, २०८१

काठमाडौं - प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ । बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउनेछन् ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक हिउदे अधिवेशनको अन्तिम बैठक रहेको छ । सरकारले यसअघि नै आज रातिदेखि हिउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।

आजको बैठकमा केहि प्रतिवेदन पेश गर्ने देखि यस अधिवेसनमा १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित रहने सांसदहरुको सूचना सभामा पेश हुने तालिका रहेको छ ।

चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०७:०२
प्रतिक्रिया दिनुहोस्