Nic Ad Nic Ad
Nic Ad Nic Ad

ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउन आवश्यक तयारी पूरा

शुक्रबार, चैत ३०, २०८०

काठमाडौँ- ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्णकालीन खुल्ला गर्न आवश्यक सुरक्षा लगायतका व्यवस्था पुरा भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले वैशाख १ गतेदेखि काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सैं घण्टा व्यवसाय सञ्चालनका लागि आवश्यक सुरक्षा लगायतका व्यवस्था पुरा भएको जानकारी दिएका छन् । 

व्यवसायी, उपभोक्ता तथा श्रमिकहरूले पालना गर्नुपर्ने आचारसंहिता तथा मापदण्डसमेत स्वीकृत समेत भइसकेको जनाएका प्रजिअ बस्नेतले त्रुटिरहित र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताए ।

स्थानीयहरूको धेरै बसोबास रहेका रहेका क्षेत्रमा तत्काल पूर्णकालीन व्यवसाय गर्न नपाइनेसमेत जानकारी दिँदै बाँकी क्षेत्रमा भने वैशाख १(भोली) देखि लागू हुने जनाइको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्