राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण विधेयक प्रमाणीकरण

शुक्रबार, चैत ३०, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्