बक्यौता नतिरेपछि काटियो ललितपुर मालपोत कार्यालयको बिजुली

शुक्रबार, चैत ३०, २०८०

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले ललितपुर मालपोत कार्यालयको बिजुली काटेको छ। विद्युत् महसुल बापतको बक्यौता रकम नतिरेपछि प्राधिकरणले शुक्रबार बिहान लाइन काटेको प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले बताए । 

घोषका अनुसार आज बिहान लाइन काटिएको र महसुल तीरेपछि फेरी जोडिएको छ । उनका अनुसार लाइन काटेपछि मालपोत कार्यालयले बक्यौता रकम तिरेको थियो।

कति बक्यौता छ भन्ने विषयमा आफूलाई जानकारी नभएको घोषले बताए। 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्