श्रीलंका सरकारले बढायो चुनावी सुरक्षा निक्षेप

शुक्रबार, चैत ३०, २०८०

काठमाडौँ - श्रीलंकामा चुनाव लड्नु राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूलाई महँगो पर्न सक्छ किनभने मन्त्रिपरिषद्ले सुरक्षा निक्षेप बढाउने प्रस्ताव गरेको थियो । 

यसै साता मन्त्रिपरिषद्को बैठकले वर्तमान सामाजिक, आर्थिक र राजनीतिक परिप्रेक्ष्यमा राष्ट्रपति निर्वाचन ऐन, संसदीय निर्वाचन ऐन र प्रदेश परिषद् निर्वाचन ऐनका प्रावधानबमोजिम विद्यमान धरौटी रकमको सीमा अद्यावधिक गर्न उपयुक्त हुने बताएको छ ।


राष्ट्रपति निर्वाचनका लागि मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारको धरौटी श्रीलंकाली रुपैयाँ ७५ हजारबाट बढाएर २६ लाख रुपैयाँ र स्वतन्त्र उम्मेदवारको धरौटी ५० हजार रुपैयाँबाट बढाएर ३१ लाख रुपैयाँ पुर्‍याइएको छ ।

त्यस्तै संसदीय निर्वाचनमा मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारको धरौटी दुई हजारबाट बढाएर ११ हजार र स्वतन्त्र उम्मेदवारको धरौटी दुई हजारबाट बढाएर १६ हजार पुर्‍याइएको छ । धरौटीको रकम बढाउने विषयमा निर्वाचन पर्यवेक्षण समूहले कानून पारित हुन समय लाग्ने भएकाले आगामी निर्वाचनसम्म कार्यान्वयन नहुने बताए ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्