डोल्पामा डढेलोमा परेर ३ बालबालिका गम्भीर घाइते

बिहीबार, चैत २९, २०८०

डोल्पा - डोल्पामा डढेलोमा परेर तीन जना बालबालिका गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आगलागीमा परि सोहि पालिकाका १३ वर्षीय सुम्नत बुढा, १० वर्षीय विवश बुढा र ८वर्षीय सुलस बुढा घाइते भएका हुन् । बिहीबार उनीहरु त्रिपुरासुन्दरी नगरपालिका-४ रंङ्गको सुवा सामुदायिक वनमा गुच्छिच्याउ टिप्न गएका थिए।

घाइते बालबालिकाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १९:१३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार