मन्त्रालय फुटाएर ९ पुर्‍याउने गण्डकी सरकारको निर्णय

बिहीबार, चैत २९, २०८०

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको संख्या ७ बाट बढाएर ९ बनाउने निर्णय गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको हो ।

गण्डकी सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले स्वास्थ्य र आन्तरिक मामिला मन्त्रालय थप्ने निर्णय गरिएको जानकारी दिए ।

यस्तै, मन्त्रिपरिषद्ले मुख्य न्यायाधिवक्तामा कृष्ण अधिकारीलाई नियुक्त गरेको छ ।

चैत २५ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनबाट खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । उनको नियुक्तविरूद्ध मंगलबार मात्र तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका छन् । बुधबार सर्वोच्चले दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार