डेढ लाख घुससहित पोखरा महानगरका सवइन्जिनियर रोकाय पक्राउ

बिहीबार, चैत २९, २०८०

काठमाडौ - सबइन्जिनियर रोकायलाई पोखरा महानगरपालिका-५ बाट र कन्सल्टेन्सीका कुँवरलाई पोखरा महानगरपालिका-८ बाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरका सवइन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई डेढ लाख घुससहित पक्राउ गरेको छ ।

अख्तियारले दुवैलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको जनाएको छ । अख्तियारले रोकाया र कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउन लिएको डेढ लाख घुससहित पोखरा–५ बाट बुधबार राति पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार