आज २०८० साल चैत २९ गते बिहीवार, यस्तो छ तपाईको राशिफल

बिहीबार, चैत २९, २०८०

मेष : ज्ञान र अध्यात्मको भावना बढ्नेछ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। कसैले लगेको धन फिर्ता गर्न आउनेछन्।  धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। प्राविधिक कार्यमा सफलता मिल्नेछ।

वृष  : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। स्वास्थ्य प्रतिकूल रहन सक्छ। अतः स्वस्थ प्रति सचेत रहनु होला। स्वास्थ्यमा खर्च बढ्ने योग रहेको छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ तर साँझमा शुभ समाचार मिल्नेछ।

मिथुन : महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ। पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। लाभहानी, सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ। आयव्यय, सुखदुख बराबरी खालकै समय रहनेछ।

कर्कट : सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ। धर्म र कर्ममा मन लाग्नेछ। आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ। आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ, तर बोली वचनमा भने संयमता अपनाउनु पर्नेछ।  

सिंह : रोकिए काम दोहोर्याएर गर्दा अधुरो कार्यले पूर्णता पाउनेछ। प्रेम जीवन सुखद् नै रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, सुरू गरेका काम सम्पन्न हुनेछन्।

कन्या : यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अनावश्यक धन खर्च पनि हुनेछ।

तुला : मनोरञ्जनपूर्ण समय रहेको छ।  साथीभाइसँग भेटघाट र रमाइलो गरिनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ।

वृश्चिक : रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नयाँ काम र शुभ समाचार सुन्न पाइएला। गोपनीय ढङ्गले गरीएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। शेयर बजारमा पनि रुचि बढ्नेछ।  

धनु : सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। श्रमको उचित मूल्याङ्कन पनि हुनेछ। काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ। आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ।

मकर : काममा अवरोध सृजना हुनसक्ने सम्भावना रहेकोले संघर्षको सामना गर्नुपर्ने छ। निर्णय कार्यान्वयन हुन नसक्ला। यात्रामा पनि सावधानी अपनाउनु पर्नेछ, साँझमा दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।

कुम्भ : समय मध्यम खालको रहनेछ। सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ।  

मीन : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार