यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, चैत २९, २०८०

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज(बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

 आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 


यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८० पैसा र  बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ २६ पैसा र बिक्री दर १४४ रुपैयाँ ९१ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६३ पैसा र बिक्री दर १६९ रुपैयाँ ३९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०६:३३
प्रतिक्रिया दिनुहोस्