एमाले नवलपरासी पूर्वको अध्यक्षमा श्रेष्ठ

बुधबार, चैत २८, २०८०

 नवलपरासी - नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । कावासोतीमा सम्पन्न  एमाले नवलपुरको नवौँ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । 

जिल्ला उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीम कँडेल, उपसचिवमा षडानन्द लामिछाने र कल्पना देवकोटालाई सर्वसम्मत चयन गरिएको एमाले नवलपुर जिल्ला इञ्चार्ज मना केसी जिसीले जानकारी दिनुभयो ।  अधिवेशनले पदाधिकारी सर्वसम्मत घोषणा गरे पनि सदस्यको भने टुङ्गो लाग्न बाँकी छ । 

सोमबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा कूल सात सय ५१ प्रतिनिधि सहभागी भएका छन् । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  २२:०४
प्रतिक्रिया दिनुहोस्