कोशीमा प्रदेशसभाको विशेष अधिवेशन आव्हान

बुधबार, चैत २८, २०८०

विराटनगर - कोशीमा प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले एक चौथाइ बढी सांसदले माग गरे अनुसार वैशाख ६ गते १ बजेका लागि विशेष अधिवेशन आव्हान गरेका हुन् ।

यसअघि प्रदेश सरकारले २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका गरेको थियो । तर प्रदेश प्रमुखले भने नेकपा एमाले र माओवादीका सांसदहरुले संसदको विशेष अधिवेशन बोलाउन गरेको माग अनुसार विशेष अधिवेसन आव्हान गरेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्