नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

बुधबार, चैत २८, २०८०

काठमाडौं- नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले शपथ लिएकी छन् ।

बुधबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

बुधबार राष्ट्रिय सभामा भएको निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेदवार घिमिरे निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्