नेकपा एसले राष्ट्रियसभा उपाध्यक्षमा एमाले उम्मेदवारलाई मत दिने

बुधबार, चैत २८, २०८०

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई मत दिने भएको छ ।

पार्टीले उपाध्यक्षका लागि १ बजेपछि बस्ने राष्ट्रिय सभा बैठकमा एमालेकी उम्मेदवार विमला घिमिरेलाई मत दिने निर्णय गरेको हो ।

यसअघि उपाध्यक्षमा नेकपा एसले पनि दाबी गर्दै आएको थियो।

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले प्रतिस्पर्धा गर्दैछन् । यसका लागि आज बुधवार १ बजेपछि बस्ने राष्ट्रिय सभा बैठकमा मतदान हुँदैछ ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्