ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री

बुधबार, चैत २८, २०८०

लन्डन -आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ ।

लियो वराडकरको गत महिना आश्चर्यजनक राजीनामा पछि उनका उत्तराधिकारी मानिएका ह्यारिस प्रधानमन्त्रीमा चयन भएका हुन । 

‘म प्रधानमन्त्रीको रूपमा सेवा गर्न यो नामांकन स्वीकार गर्दछु,’ ह्यारिसले भने, ‘तपाइहरूले ममाथि राखेको विश्वासको सम्मान गर्न म सक्दो गर्न प्रतिबद्ध छु,’ प्रधानमन्त्री निर्वाचित भए पछि उनले भने । 

आफ्नो उम्मेदवारीलाई समर्थन गर्ने आफ्नो नयाँ सरकारको गठबन्धन साझेदारहरूलाई स्वीकार गर्दै ह्यारिसले भने कि उनी एकता र सहयोग र पारस्परिक सम्मानको भावनामा नेतृत्व गर्न चाहन्छन्।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्