बालेनको शिक्षा क्रान्तिमा नयाँ आयाम: मिलन पाण्डेले दरबार हाईस्कुलमा के देखे?

मंगलबार, चैत २७, २०८०

काठमाडौ - बिबेकशिल साझाका नेता मिलन पाण्डेले दरबार हाइस्कुलमा भर्नाको भिड देखेर खुशी लागेको भन्दै सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् ।

उनले पछिल्लो समय निजी बिधालयका बिद्यार्थीको आकर्षण सरकारी बिधालयमा बढेको सकारात्मक खबर भन्दै खुशी व्यक्त समेत गरेका छन् ।
 उनले यस्तो लेखेका छन् 

काठमाडौँको जमल नजिक रहेको दरबार हाई स्कुल पुगेको थिएँ। त्यहाँ भर्नाका निम्ति भिड थियो। आज अन्तिम दिन भएर पनि होला।

यही भिड सँगै करिब ७५० नयाँ भर्नाका निम्ति आवेदन आएको र त्यसमध्ये पनि करिब ६५० जना चाही निजी विद्यालयबाट त्यहाँ पढ्न आएको खबर निकै सकारात्मक लाग्यो। केहि वर्ष यता उक्त विद्यालयमा यो ट्रेन्ड झन् झन् बढ्दै गएको कुरा पनि थाहा पाएँ। प्रधानाध्यापक शारदा पौडेल म्यामको ऊर्जा पनि निकै सकारात्मक लाग्यो। 

हुँदैन, बन्दैन, खत्तम छ भन्ने आवाजहरू बिच, 
केहि हुँदै छ, आशा छ भन्ने यो खबर यहाँहरू बिच बाँड्न मन लाग्यो।

काठमाण्डौ महानगरमा बालेन शाह आए पछि सामूदायीक विद्यालयमा सुधारका कार्यक्रमहरू ल्याएका छन् । संरचना सुधार, विद्यालयको सम्पतिको खोजी, बुक फ्रि फ्राइडे लगायतका कामबाट महानगरका सामूदायीक विद्यालयमा परिवर्तन देख्न थालिएको छ ।
एउटा नमूना मात्र हो दरबार हाईस्कुल। यसबाहेक अन्यत्र पनि व्यापक सुधार भएको छ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २०:३७
प्रतिक्रिया दिनुहोस्