एपीएफको स्टोरमा भएको आगलागीबारे सीसी क्यामेराबाट जाँच गर्न गृहमन्त्रीको निर्देशन

सोमबार, चैत २६, २०८०

काठमाडौं -काठमाडौंस्थित सतुंगलमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ)को केन्द्रीय स्टोरमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

आगो नियन्त्रणका लागि आठवटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आगलागीस्थलमा पुगेका गृहमन्त्री रवि लामिछानेले समिति बनाएर छानबिन गर्न सुझाव दिएका छन् । उनले आसपासका बस्तीमा रहेका सीसी क्यामेराबाट जाँच गर्न पनि निर्देशन दिएका छन् ।

एपीएफको स्टोर बस्तीको बीचमा रहे पनि आसपासका घर सुरक्षित रहेकाे गृह मन्त्रीको सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्