गण्डकीको मुख्यमन्त्री नियुक्तिविरुद्ध कांग्रेस सर्वोच्च जाने

सोमबार, चैत २६, २०८०

काठमाडौँ- गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तविरुद्ध नेपाली काँग्रेस सर्वोच्च अदालत जाने भएको छ ।

आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सर्वोच्च जाने निर्णय गरेको हो ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार गण्डकी प्रदेशको मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

अधिकारीले माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताललाई समेत जोडेर सरकार गठनका लागि बहुमत पुर्‍याएको र त्यो असंवैधानिक भएको भन्दै काँग्रेसले सर्वोच्च जाने निर्णय गरेको हो ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्