पूर्वमन्त्री खान सवारी दुर्घटनामा परि घाइते

सोमबार, चैत २६, २०८०

काठमाडौँ- पूर्व खानेपानी मन्त्री एवं उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान सवारी दुर्घटनामा परी घाइते भएका छन् ।

जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्षसमेत रहेका खान काठमाडौँदेखि बर्दिया जाने क्रममा आज बिहान धादिङको रोराङ गाउँपालिका ७ स्थित कृष्णभिरमा दुर्घटनामा परेको स्वकीय सचिव ई अतिउल्लाह मुसलमानले जानकारी दिए । खानलाई दुर्घटना स्थलबाट उद्धार गरी काठमाडौँ ल्याइएको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्