संसद्मा पार्टीको भूमिकाबारे छलफल गर्न देउवाले बैठक बोलाए

सोमबार, चैत २६, २०८०

काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा पार्टीको भूमिकाबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठक सभापति देउवाको निवासमा सोमबार बिहान ८ बजे बस्दैछ । बैठकमा सहभागिताका लागि वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बोलाइएको उनको सचिवालयले जनाएको छ । 

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेको भन्दै त्यसबारे छलफल गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध सिर्जना गर्दै आएको छ । काँग्रेसको अवरोधका कारण गृहमन्त्री लामिछानेले संसद्मा सम्बोधन गर्न पाएका छैनन् । 


सभापति देउवाले संसद्मा पार्टीको भूमिकाबारे नेताहरूसँग छलफल गर्न लागेका हुन् । यसअघिको बैठकमा काँग्रेसले संसदीय समिति गठन गर्नका लागि सरकारलाई अल्टिमेटम दिएको थियो । 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्