कांग्रेसले तोक्यो उपनिर्वाचन परिचालन संयोजक

सोमबार, चैत २६, २०८०

नेपाली कांग्रेसले यहि बैशाख १५ गते हुने उपनिर्वाचनका लागि केन्द्रबाटै चुनाव परिचालन संयोजक तोकेको छ ।


चुनावी प्रचार र परिचालन अभियान प्रभावकारी बनाउन भन्दै कांग्रेसले इलाम २ मा महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभा (१) का लागि एनपी साउदलाई संयोजक तोकेको हो । इलाममा २० जना उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेसबाट इलाम २ मा डम्बर खड्का र बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंह उम्मेदवार छन् ।

कांग्रेस इलामका सभापतिसमेत रहेका खड्का गत निर्वाचनमा एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङसँग एक सय १४ मतले पराजित भएका थिए । सिंह सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार