दिल्लीलाई हराउँदै मुम्बईको पहिलो जित

आइतबार, चैत २५, २०८०

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले यस सिजनको पहिलो जित हासिल गरेको छ । यस अघि लगातार तीन खेलमा हार बेहोरेको मुम्बईले आइतबार दिल्लीलाई २९ रनले पराजित गरेको हो । 

मुम्बईले दिएको २३५ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै २०५ रन बनाएको थियो ।

यसअघि मुम्बईले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै २३४ रन बनाएको थियो ।

यो जितपछि मुम्बईको ४ खेलमा एक जित र ३ हारसहित २ अंक भएको छ भने दिल्लीको ५ खेलमा एक जित र चार हारसहित २ अंक नै रहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २०:३१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार