अब १ घण्टाभित्र श्रम स्वीकृति दिने मन्त्री अर्यालको दाबी

आइतबार, चैत २५, २०८०

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् ।

श्रममन्त्री अर्यालले आइतबार पत्रकार सम्मेलन गर्दै कार्यालयको समयभित्र अनलाइनबाट कागजात पेस गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गरिने बताएका हुन् ।

उनले पहिलो पटक यो प्रयास सुरुवात भएको भन्दै भोलिका दिनमा पनि यसले निरन्तरता पाउने बताए । ‘वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्था थियो,’ उनले भने, ‘आजदेखि यो कुराको अन्त्य भएको छ ।’

आगामी दिनमा जो मन्त्री, कर्मचारी आए पनि यसले निरन्तरता पाउने अर्यालले दाबीसमेत गरे ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्