गण्डकीमा मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले लिए शपथ

आइतबार, चैत २५, २०८०

काठमाडौँ- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिएका छन् छन् । मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले पनि शपथ लिएका छन् ।

अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र दीपक मनाङेलाई मन्त्री नियुक्त गरेका हुन् । 

एमाले संसदीय दल नेता अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार